देउराली बहुउद्देश्यीय सहकारीका नवनिर्वाचित पदाधिकारीबाट सन्धिखर्कमा सपथ ग्रहण

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको रहेको देउराली बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन।


सन्धिखर्कमा रहेको देउराली यातयातको कार्यालयमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक टोपलाल खनाल र निर्वाचन समितिका सदस्य युबराज खत्रीले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेपछि पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।


नव निर्वाचित कार्यसमितिहरुमा संचालक समिति अध्यक्ष गोबिन्द प्रसाद बन्जाडे,संचालक समिति उपाध्यक्ष भेष बहादुर बिसी,संचालक समिति सचिव प्रेम प्रकाश पाण्डे,कोषाध्यक्ष सुजाता भण्डारी पिसी,संचालक समिति विष्णु बहादुर पन्थी,मिना भट्टराई,जानका बस्याल खड्का,बेदराज घिमिरे,लेखा सुपरिर्बेक्षण समिति संयोजक योगेन्द्र बहादुर खड्का, सदस्य बलराम भुसाल,मोहन बिक्रम बिसी रहनुभएको छ ।

 

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष गोबिन्द बन्जाडेले सहकारी लाई चलाएमान बनाउनको लागि कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो ।

यस्तै सुपरिर्बेक्षण समिति संयोजक योगेन्द्र बहादुर खड्काले देउराली यातयातको मुल जगबाट संचालनमा आएको सहकारीले शेयर सदस्यको माग बमोजीम दिर्घकालीन सम्म यसको यात्रा रहने बताउनुभयो ।

कार्यक्रम निर्वाचन समितिका अध्यक्ष टोपलाल खनालको अध्यक्षता ,सदस्य युबराज खत्रीको स्वागत मन्तव्य र सहकारी व्यवस्थापक पदम प्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close