एसीसी प्रिमियर कप किक्रेटमा यूएई १सय१७ रनमा अलआउट

काठमाण्डौं ।एसीसी प्रिमियर कपको फाइनलमा नेपालको कसिलो बलिङविरुद्ध संयुक्त अरब इमिरेटस युएईले ३३.१ ओभरमा १सय१७ रन बनाउँदै अल आउट भएको छ ।
नेपालले जीतका लागि १सय१८ रनको सामान्य लक्ष्य पाएको छ । सोमवार वर्षाका कारण अवरुद्ध बनेको खेल आज सुरु भएको हो ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक चार विकेट लिए । करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र गुल्सन झाले एक/एक विकेट लिए ।आजको खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।
कमेन्ट गर्नुहोस !