सन्धिखर्कमा पनि १सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पनि आज विविध कार्यक्रम गरेर १सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । जसअन्तर्गत लोकगित ,नृत्य र कुर्चिदौड प्रतियोगिता आयोजना गरिएको थियो ।
सन्धिखर्कमा रहेको जिल्ला समन्वयको हलमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला, नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल , नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल ,शिक्षा शाखा प्रमुख मञ्जु आचार्य ,महिला संञ्जालकी जिल्ला अध्यक्ष ईश्वरा पोख्रेल लगाएतले मन्तव्य राख्नु भएको थियो ।
उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता र तुल्सा केसीको संचालनमा सम्पन्न भएको हो ।लोकगित ,नृत्य र कुर्चि दौड प्रतियोगिता मा भाग लिने प्रतियोगीहरु लाई पुरस्कार समेत वितरण गरिएको थियो ।कार्यक्रममा नगरपालिका भित्र रहेका वडा बाट प्रतिनिधित्व हुने गरि उत्साजनक महिला दिदिबहिनीहरुको सहभागीता समेत रहेको थियो ।
कमेन्ट गर्नुहोस !