प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको थियो ।

आज भएको मतदानमा विश्वासको मतको पक्षमा २६८ मत परेको थियो। यस्तै विपक्षमा २ मत परेको थियो। मतदानमा २७० सांसदको उपस्थिति थियो।

आज १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमाथि छलफलमा भाग लिँदै अधिकांशले मत दिने बताएका थिए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close