सन्धिखर्क नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर सुरु

सागर महत,अर्घाखाँची।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने निशुल्क स्वास्थ्य शिविर हिजोबाट सुरु भएको छ । आर्थिक अवस्था कमजोर भएर बुटवल सम्म उपचार गर्न जान नसकेका नागरिकलाई समेत समावेश गरेर शिविरको आयोजना गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

सन्धिखर्क २ को बेलबाटीमा आयोजना गरिएको शिविरमा बिरामीलाई निःशुल्क जाँच तथा औषधी वितरण सहितको स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।शिविरमा पेट,मुटु, छाति , छाला हार्डजोनी सहित १३ प्रकारका रोगका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिने बताउनुभयो । शिविरमा चौराह हस्पिटल प्रा.लि बुटवलको प्राविधिक सहयोग रहेको अस्पतालका सुचना अधिकृत जनक केसीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरे,अर्घाखाँची जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल लगायतले शिविर सफलतको सुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम धर्म भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close