सन्धिखर्क नगरपालिकाले नगरबासीको न्यूनतम विद्युत् महसुल भुक्तानी गरिदिने

सागर महत /अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले नगरबासीको न्यूनतम विद्युत् भुक्तानी गरिदिनेभएको छ ।बुधबार पद तथा गोपनियताको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरबासीको न्यनूतम विद्युत् महसुल ३० रुपैयाँ नगरपालिकाले भुक्तानी गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।नगरप्रमुख श्रेष्ठले न्युनतम विद्युत् महसुलमा ३० रुपैयाँ बुझाउनुपर्ने सम्पूर्ण घर–परिवारको विद्युत् महसुल नगरपालिकाले भुक्तानी गरिदिने र बढ्दो बसाइसराइलाई रोकथामको लागि रोजगारीको वातवरण सिर्जना गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

यस्तै सामुदायिक लिफ्टिङ्ग खानेपानीको महसुस ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगर भित्र अस्पतालमा सुत्केरी हुने महिलाहरूलाई पोषण स्वरुप २ हजार नगपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।नगरभित्र रहेको पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत ४० जना विपन्न वर्ग विद्यार्थीलाई नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो ।

जिल्ला न्यायाधीश बासुदेव न्यौपाने नगर प्रमुख श्रेष्ठलाई शपथ ग्रहण गराउनुभपद ग्रहण गराउनुभएको थियो । ६ पालिकामध्ये नीत नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा यस अघि जेठ ६ गते ५ पालिकाका प्रमुखले सपथ ग्रहण गरिसकेका थिए ।

सपथपछि नगरप्रमुख श्रेष्ठले सन्धिखर्क नगरपालिका उप–प्रमुख मिश्रा आचार्य वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

यता निवर्तमान सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल र निवर्तमान उपप्रमुख ठाकुर कुमार विक लाई पनि एक कार्यक्रमका बिच सम्मान समेत गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close