अर्घाखाँची समाज जापानको सहयोगमा भुमिकास्थानका आगलागी पिडित परिवारलाई राहत सामाग्री प्रदान

सागर महत,सन्धिखर्क ।अर्घाखाँची समाज जापानको आर्थिक सहयोगमा भुमिकास्थान नगरपालिकामा गत चैत्र र वैशाखमा आगलागीबाट घर र गोठ जलेर नष्ट भएका पिडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।नगरपालिका भित्र रहेका धारापानी ,ढाकाबाङ्ग,असुरकोट र ढिकुराका आगलागी पिडित ३७ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।
राहत सामाग्री अन्तर्गत चामल,ब्लाङकेट,चिनी,तेल,साबुन हस्तान्तरण गरिएको हो ।विदेशमा बसेर पनि आफ्नै जन्मभुमी क्षेत्रमा आगलागीबाट घरगोठ गुमाएका परिवारलाई केहि भएपनि राहत होस भनेर अर्घाखाँचीमा जन्म भै रोजगारीको लागि जापानमा पुगेका अर्घाखाँचीबासीको पहलमा आर्थिक संकलन गरेर राहत प्रदान गरिएको अर्घाखाँची सेवा समाज जापानका अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।

राहत सामाग्री वडा स्तरको डाटा संकलन गरि प्रदान गरिएको समाजका महासचिव अर्जुन आचार्यले बताउनुभयो ।
राहात भुमिकास्थान नगरपालिकाको वडा नम्बर ३ र ४ धारापानीका २२ ,वडा नम्बर १ ढाकाबाङ्ग १ जना ,वडा नम्बर ५असुरकोटमा ४,वडा नम्बर ७ कमलपोखरी ३,वडा नम्बर ९ ढिकुरा ७ गरि ३७ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।


राहत वितरणमा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल खनाल, ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे,५का वडा अध्यक्ष जयगोपाल श्रेष्ठ,७ का वडा अध्यक्ष रामचन्द्र ढ्ङ्गाना र ९ का वडा अध्यक्ष खेमराज चुदाली लगायतका जनप्रतिनिधीको सहभागीता रहेको थियो ।यस्तै राहत वितरणमा समाजसेवी चुरा बहादुर घम,टेकराज पुनले पनि समन्वय गरी हस्तान्तरण गरिएको हो।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close