सन्धिखर्क नगरपालिकामा टाइफाइड रोगविरुद्व खोप अभियानमा १४ हजार बढी लाई लगाइने

सागर महत /अर्घाखाँची
सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्र १ सय १६ वटा खोप केन्द्र बाट खोप संचालन गरिने नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो ।नगर भित्र १४ हजार ५ सय बालबालिका लाई खोप दिने लक्ष्य नगरपालिकाले राखेको समेत बताईएको छ ।नगरपालिकाको १ र २ नम्बर वडामा सदरमुकाम भएकाले अनेत्र भन्दा बढी समय लाग्ने समेत स्वस्थ्य शाखा प्रमुख पराजुलीले जानकारी गराउनुभयो ।टाइफाइड रोगविरुद्व खोप पटक पटक संचालन हुने नभएकाले अभियान लाई नै आधार मानी खोपको पहुँचमा आउन सबैलाई आग्रह गर्नुभयो ।
नगरपालिकाले चैत्र २५ गतेदेखि वैशाख ३० गते सम्म स्वास्थ्यकर्मी परिचालन गर्ने भएको हो ।अभियानलाई सफल पार्नको लागि नगरभित्र रहेका १२ वटा वडामा विद्यालय स्तरमा समन्वय गरि अभियान संचालन गरिने नगरपालिका स्वास्थ्य शाखाका निरिक्षक धर्म पन्थीले जानकारी दिनुभयो ।जसमा १५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश हुने जानकारी गराईएको छ ।यस्तै पत्रकार महासंघका सचिव विनोद गैरेले संचार क्षेत्रबाट महासंघले सहयोग गर्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !