बजारमा टेलिसिरियल ‘ख्याल ठ्ट्टा’ को चर्चा

लक्षमण घिमिरे /अर्घाखाँची । धुर्मुस-सुन्तली समाजसेवामा लागेपछी हाँस्न नपाएको धेरै भएको थियो । तर अहिले सर्वत्र ‘ख्याल ठ्ट्टा’ को चर्चा छ । चर्चित हाँस्य टेलिश्रृङखला गोलमालका निर्देशक नेत्र राउतको समुहले नयाँ टेलिसिरियल दर्शक माझ ल्याएको छ ।

निर्देशक राउतको निर्देशनमा हाँस्य टेलिसिरियल ‘ख्याल ठ्ट्टा’ नेपाल टेलिभिजनबाट प्रसारण भएको छ । ‘की’ एड्भटाईजको प्रस्तुती रहेको ख्याल ठट्टालाई दुर्गा वन्जाडेले निर्माण गरेका हुन् भने युट्युबमा एन स्क्वायर (N Square) युट्युव च्यानलमा हेर्ने सकिने छ ।

टेलिसिरियल ‘ख्याल ठ्ट्टा’ मा मुकुन्द थापा, विनोद राई (ध्याम्पे), नविना सिलवाल (खुईली), नेत्र राउत (तिखे), विनोद सुवेदी (कुरौटे टाटे),  दुर्गा वन्जाडे (दोकाने माईलो) , सुस्मिता गिरी,  मुस्कान लामा, नवुजंग थापा (ज्यामा लाउने) हेम श्रेष्ठ लगायतका हाँस्य कलाकारको अभिनय रहेको छ ।

टेलिश्रृङखला नेपाल टेलिभिजनबाट प्रत्येक बुधवार बेलुका ७२५ बाट प्रसारण हुन्छ भने (N Square) युट्युव च्यानलमा सोही बार बेलुका ८ बजे प्रसार हुने गर्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close