कृष्णनगरपालिका मेयर शाह नेपाली कांग्रेसमा प्रवेश

कपिलवस्तु ।कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नुुभएको छ । २०७४ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेदवार बनेर कृष्णनगरको मेयर निर्वाचित हुनुभएको थियो । कृष्णनगरमा लोकप्रिय रहेका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वका साथ हेरिएको छ।
पार्टी प्रवेश गर्ने क्रममा मेयर शाहलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !