भारतमा केटीहरुको विवाह गर्ने उमेर १८ बाट २१ बनाइयो

नयाँ दिल्ली: भारत सरकारले केटीहरुको विवाह गर्ने उमेर बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले केटी मान्छेहरुको विवाह गर्ने उमेर १८ वर्षबाट २१ वर्ष बनाएको छ। यो निर्णयलाई लिएर अहिले भारतमा विवाद सुरु भएको छ। सरकारको यो निर्णयविरुद्ध मुस्लिम नेताहरु र धार्मिक गुरुहरुले विरोध जनाएका छन्।मुस्लिम नेताहरुले केटीहरुको विवाहको उमेर १८ भन्दा धेरै नहुनुपर्ने माग गरेका छन्। उनीहरुले केटीहरु विवाह गरेर पनि आफ्नो पढाइलाई निरन्तरता दिनसक्ने तर्क दिएका छन्। विरोध गर्नेहरुमा सांसद शफीकुर्रहमान बर्क, देवबंदी उलमा मुफ्ती असद कासमी आबु आजमी, हफीजुल अंसारीलगायत छन्।

केही नेताहरुले भने उनीहरुको भनाइलाई लज्जाजनक भनेका छन्। उनीहरुको तर्कले केटीहरुको अपमान भएको उल्लेख गरेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close