सन्धिखर्क नगरपालिकामा लैङ्गिक हिसा न्युनिकरणको लागि सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लैङ्गिक हिसा न्युनिकरण सम्बन्धी रणनीति योजनाको कार्ययोजना तयारीको लागि सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा ५ वटा समुह बनाइ आगामी दिनमा कस्ता योजना बनाउँदा प्रभावकारी हुन्छ। भनेर सुझाव समुहगत रुपमा सुझाव संकलन गरिएको थियो ।ति सुझाव लाइ आगामी बजेटमा समावेश गर्नको लागि खाका तयार पारिको थियो ।
यस्तै कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जिल्लाका ६वटा पालिका मध्ये सन्धिखर्क नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरण गर्नको लागि गत वर्ष विभिन्न रणनीतिक योजनाको तयार पारिएको र यो आर्थिक वर्षमा पनि सोही कार्यक्रम लाई निरन्तर दिदै यश वर्ष पनि सोही बमोजिम बजेट पनि बजेट छुटाइएको बताउनुभएको हो ।
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक, नेपाल सरकारका पुर्ब सहसचिव रत्नाकाजी बज्राचार्य ,सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , प्रहरी निरीक्षक गणेश खनाल, वडा नम्बर ३ का वडा अध्यक्ष लिलाराम गौतम , वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य ,वडा नम्बर ९ का वडा अध्यक्ष देबि बहादुर रायमाझी ,वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली , वडा नम्बर १ का कार्यबाहक अध्यक्ष आशा परियार , वडा नम्बर ७ का काबा अध्यक्ष बिष्णु प्रसाद भुसाल , नगरपालिका स्थित बिषयगत शाखाका प्रमुख हरु विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।महिला तथा बालबालिका केन्द्रिय शाखामा काम गर्नुभएका पुर्ब सहसचिव रत्नाकाजी बज्राचार्य प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्ष मा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य शाखा प्रमुख बेलकुमारी परियार र संचालन शाखाकि कर्मचारी तुल्सा श्रेष्ठ बस्नेतले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !