प्रदेश सभा क्षेत्रीय अधिवेशन अर्घाखाँचीमा १४ सय ४ मत खस्यो,केहि समयपछि मतगणना हुने

अर्घाखाँची ।नेपाली कांग्रेसको १४ औं महाधिवेनअन्तर्गत आजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको हो । जसअन्तर्गत अर्घाखाँचीका प्रदेश सभा क्षेत्रीय अधिवेशन २ वटा केन्द्रमा तोकिएको हो। सोहि अनुसार २ वटा मतदान केन्द्र तोकिएको थियो ।पाणिनी बहुमुखी क्याम्पसमा (क )मतदान केन्द्र क्षेत्र नम्बर १ को र क्षेत्र नम्बर २को( ख) मतदान केन्द्र सभाहलमा तोकिएको थियो ।मतदान शान्तीपुर्ण तरिकाले सम्पन्न गरिएको छ ।जिल्लाभरका ६१ वटा वडा बाट कुल १४ सय ६९ प्रतिनिधि रहेकोमा १४ सय ४ जनाले मतदान स्थलमा पुगि मतदान गरेका छन ।(क )केन्द्रमा ६ सय ८१ मत खसेको हो भने( ख )केन्द्र मतदान केन्द्रमा ७ सय २३ मत खसेको थियो ।मत गणना केहि समय पछि सुरु हुने कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
प्रदेश सभा १ को सभापति पदमा २ जनाको उम्मेदार रहेको थियो । जसमध्ये राजेस कुमार पन्थी र हुम प्रसाद बन्जाडे रहनुभएको छ भने उपाध्यक्ष पदमा ५ जनाको उम्मेदार रहेको छ, किरण पोख्रेल,नगेन्द्र प्रसाद खनाल,नाराण चुदाँली,कृष्ण कुमार बस्याल ,धर्मराज पाण्डे सचिवमा ४ जनाको कृष्णप्रसाद भुसाल,नवीन पौडेल,नारायण प्रसाद भुसाल र विशाल आचार्यको उम्मेदार रहेको थियो ।
यस्तै प्रदेश सभा ख को अधिवेशनमा सभापति पदमा २ जनाको उम्मेदार परेको थियो ।जसमध्ये वृद्वि न्यौपाने र हेमन्त बेल्बासे उम्मेदार रहनुभएको छ ।उपसभापतिमा ४ जनाको उम्मेदार परेको छ ।अर्जुन पोख्रेल,कृष्णलाल पुरी क्षेत्री,भोजराज पौडेल र यक्षप्रसाद पौडेय यता सचिव पदमा पनि ४ जनाको उम्मेदार परेको थियो ।चिन्तराज अधिकारी,झविलाल बन्जाडे,टोपलाल गैरे र सुरज रायमाझीको उम्मेदारी रहेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close