एमालेको पालिकास्तरमा अधिवेशन आज

काठमाडौं ।आज एमालेले एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ।अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। पार्टीको नयाँ विधानबमोजिम गाउँ÷ नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।
कमेन्ट गर्नुहोस !