मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा रुपन्देहीमा एक युवकको मृत्यु

बुटवल । रुपन्देहीमा मूर्ति विसर्जन गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय अनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा चौधरीको डुबेर मृत्यु भएको हो ।कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close