अर्घाखाँचीमा मदिराको नशामा श्रीमतीको हत्या

सागर महत /अर्घाखाँची । जिल्लाका एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विकले ३५ वर्षीया श्रीमती सीतालाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मंगलबार राति दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा लठ्ठीले हिकाउँदा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।

विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् । विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close