प्रचण्ड र माधव समुहमा बैचारिक बिचलन देखियो :रायमाझी

शोभाखर पन्थी/ अर्घाखाँची ।नेकपा एमाले सन्धिखर्क वडा नं.९ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले पार्टी कामलाई थप व्यवस्थित बनाएर जनताको बीचमा जाने निर्णय गरेको छ । बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामबहादुर रायमाझीले माओवादी केन्द्र र माधव समुहमा बैचारिक विचलन आएको बताउनुभयो । उहाँले प्रचण्ड र माधव नेपालको बोली र व्यबहारमा ठुलो अन्तर रहेको भन्दै उनिहरु जनता बाट तिरस्कृत हुने दावी समेत गर्नुभयो।

नेकपा एमालेका अर्का नेता केवी भुसालले नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको भन्दै ढुक्कसँग पार्टी काममा लाग्न कार्यकर्तालाई अग्रह गर्नुभयो । वडा कमिटीका अध्यक्ष तुल्सिराम रायमाझीको अध्यक्षता र बसन्त के.सी. संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्यहरु रामबहादुर रायमाझी (ख),सरोज भुसाल ,खुबिराम आचार्य,जिल्ला कमिटी सदस्य मेख बहादुर कार्की ,बलाराम रायमाझी,पदम भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा टोल कमिटीका अध्यक्षहरुले आ-आफ्नो टोलको रिपोर्टिङ गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close