अर्घाखाँचीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा २ जना ,मालारानी गाउँपालिकामा ४ जना गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ७० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ५ जना कोरोना मुक्त भए डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार १८ पुगेको छ ।
अब सक्रिय कोरोना संक्रमितको संख्या ७१ रहेको छ । सन्धिखर्क नगरपालिकामा ३२ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,मालारानी गाउँपालिकामा २५ जना, पाणिनी गाउँपालिकामा ४ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ७१ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !