मेक्सिकोमा: गर्भपतन अपराध नभएको ठहर

एजेन्सी। मेक्सिको अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको बताइएको छ ।गर्भपतन अपराध नभएको ठहर त्यहाँको सर्वोच्च अदालतका अनुसार उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हो । श्रोतका अनुसार महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।
सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो । मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ ।
कमेन्ट गर्नुहोस !