अर्घाखाँचीमा यो वर्षकै सबै भन्दा कम ३ जना व्यक्तीमा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन ।सन्धिखर्क नगरपालिकामा १२ जना,मालारानी गाउँपालिकामा ४ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि २१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन । योसँगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८सय ७२ रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा यो वर्षकै सबै भन्दा कम३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भुमिकास्थान नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा २ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १सय २ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा १सय ५० जना सक्रिय कोरोना संक्रमित रहेका छन ।सन्धिखर्क नगरपालिकामा ५१ जना,भुमिकास्थान नगरपालिकामा १८ जना,शितगंगा नगरपालिकामा १४ जना,मालारानी गाउँपालिकामा ५० जना,पाणिनी गाउँपालिकामा १२ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि १ सय ५० जना कोरोनाका सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close