नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभद्वारा राजीनामा

काठमाण्डौं ।नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिनुभएको छ । वाटमोरले व्यक्तिगत कारणलाई देखाउँदै राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उहाँले उल्लेख गर्नुभएको छ ।क्रिकेट संघले वाट्मोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।नेपाली क्रिकेट टीम अहिले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका लागि ओमान गएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close