परीक्षणदर घटाएपछि अर्घाखाँचीमा कोरोना संक्रमण दर घट्यो १० जनामा संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा २ जना गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना पुष्टि हुनेको संख्या ४ हजार ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १सय जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा ६० जना,भुमिकास्थान नगरपालिकामा १३ जना, मालारानी गाउँपालिकामा २७ जना गरि १ सय जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ३६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६२ रहेको छ । केहि दिन यता कोरोना परिक्षणको दर घटाएपछि जिल्लामा कोरोना संक्रमितको दर घटेको हो । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८० रहेको छ ।

यस्तै करिव ८ सय सक्रिय कोरोना संक्रमण दर गत साउन २१ गतेदेखि गरिएको कडा निशेषधाज्ञा अवधिमा रहेका थिए ।जिल्लामा पछिल्लो एक हप्ताको अवधीमा कोरोना संक्रमित दर घट्दै आएको छ।यो अवधीमा निशेषधाज्ञा खुकुलो बनाएपनि कोरोनाको जोखिम कायम नै रहेको छ ।अझै पनि दैनिक उपभोग्य बस्तु तथा सेवाका पसल ,सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्था,निजी तथा सार्वजनिक यातयातका साधनमा स्वास्थ्य मापदण्डको पालना गर्नको सम्बन्धीत निकायले र सोयम आफै नै सजग हुन जरुरी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close