यातयात संचालनको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा रहेको देउराली यातयात अर्घाखाँची प्रा.लि ले प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्ल लाई ज्ञापनपत्र बुझाएको छ ।पटक पटकको निशेषधाज्ञा र जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या बढेपछि गत साउन २१ गतेदेखि निषेधाज्ञा कायम रहेका कारण आफुहरुको व्यवसाय चौपट भएकाले ज्ञापनपत्र बुझाइएको देउराली यातयात अर्घाखाँची प्रा.लिले जनाएको छ ।
विशेष गरि बैंक तथा वितिय संस्थाका किस्ता ,यातयातमा कर तिर्न तथा नविकरण गर्न नसक्नुका साथै यस क्षेत्रमा कार्यरत चालक कर्मचारी ,चालक र सहचालकहरुलाई बिहान बेलुका छाक टार्न गाह्रो भएकाले स्वास्थ्य मापदण्ड पालना गरि यातयातका साधन संचालन
गर्न पाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको देउराली यातयात अर्घाखाँची प्रा.लिका अध्यक्ष गोविन्द प्रसाद बन्जाडेले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !