पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्यु

पाल्पा । पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ को तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो ।टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकका बाबु कर्ण बहादुरलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close