विष्णु भट्टराईको अभिनयमा “गैरी खेत झिल्के रोपाइँ छ” बोलको तीज गीत सार्वजनिक

अभिनव चौहान/अर्घाखाँची । यतिबेला नेपाली गीत संगीतको बजार तीज गीतहरुले तताई रहेका छन्।हरेक दिन नयाँ गीतहरु एकपछि अर्को सार्वजनिक हुने प्रक्रिया चलिरहेको छ।गीत संगीतलाई माया गर्ने श्रोता,दर्शक हरुले पछिल्लो समयमा सस्तो लोक प्रियताको लागि तीज गीतको नाममा आफ्नो मौलिकता बिर्सन लागेको भन्छन्।यसैलाई मध्यनजर गर्दै श्रोता दर्शनको भावनालाई बुझेर भर्खरै मात्र विष्णु भट्टराईको अभिनयमा “गैरी खेत झिल्के रोपाइँ छ” बोलको मौलिक तीज गीत सार्वजनिक भएको हो।

समिक्षा अधिकारी र नवराज घिमिरेको आवाज, बन्धना पराजुली भुसालको शब्द सिर्जना, विष्णु भट्टराईको लय संकलन, महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, त्यसैगरी विष्णु भट्टराई र करिष्मा ढकाल लगायत अन्य कलाकारहरुको अभिनयमा गीत तयार भएको हो। शोभाखर पन्थीको छायांकन, बिक्की परियारको कोरियोग्राफी साथै उनै विष्णु भट्टराईको निर्देशन र सम्पादनमा गीत यतिबेला बजारमा आएको छ। यस गीतमा विशेषगरी हाम्रो मौलिकतालाई जस्ताको जस्तै गीतमा उतार्न खोजिएको छ। पूरा भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close