विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नजिक

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४१ लाख नजिक पुगेको छ। हिजो एकैदिन ६ हजार ९१९ संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या ४० लाख ९८ हजार ४०० नाघेको छ।पछिल्लो २४ घण्टामा इन्डोनेसियामा सबैभन्दा धेरै एक हजार ९२ संक्रमितले ज्यान गुमाएका छन्। ब्राजिलमा ८२३, रुसमा ७८७, भारतमा ५१७, कोलम्बियामा ४९८ र अर्जेन्टिनामा २७६ संक्रमितको मृत्यु भएको छ।

यस्तै, विश्वभर एकै दिन ४ लाख ७३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। बेलायतमा सबैभन्दा धेरै ५४ हजार ६७४ संक्रमित थपिएका छन्। यस्तै, इन्डोनेशियामा ५१ हजार ९५२, भारतमा ४१ हजार २८३, ब्राजिलमा ३४ हजार ३३९, अमेरिकामा २४ हजार ६०, कोलम्बियामा १९ हजार ९२५ र अर्जेन्टिनामा १२ हजार २३० संक्रमित थपिएका छन्।

यससहित विश्वभर कुल संक्रमितको संख्या १९ करोड ७ लाख ४४ हजार ९०० नाघेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १ करोड २८ लाख ३७ हजार ६०० रहेको छ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close