मालारानी गाउँपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सम्पन्न

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञजिकरण विभाग सँगको समन्वयमा मालारानी गाउँपालिकामा स्थायी रुपमा बसोबास गर्दै आएका असक्त असाहय तथा अन्य घटना दर्ता गर्न बाँकि रहेका र सामाजिक सुरक्षा भत्ताको पहुँचमा नआएका नागरिकहरुको लागी टोल टोल मै सेवा दिने उदेश्यका साथ प्रत्येक वडाका छुट्टा छुट्टै स्थानमा असार १६ गते देखि संचालन गरिएको शिबिरको आज एक कार्यक्रमका बिच पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले समापन गर्नुभएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत पन्थीले पालिका भित्र रहेका ९ वटा वडा भित्ररहेका नागरिक लाई प्रत्यक्ष लाभ हुनेगरि कार्यक्रम संचालन गरिएको बताउँनुभयो ।
शिविरमा पालिकाका भित्र विभिन्न वडामा स्थायि रुपमा बसोबास गर्दै आएका ४सय४३ जना नागरिकहरुको घटना दर्ता र २५ जना नागरीकहरुले सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिएको पालिकाका पञ्जिकरण शाखा प्रमुख धुर्वराज खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close