छत्रदेवमा ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुराहुने गरि निति तथा कार्यक्रम सार्वजनिक

रुद्रमणि भुसाल ।अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेब गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९को लागि निति तथा कार्यक्रम ११ औ गाउँ सभाबाट सर्वसहमतिले पारित गरेको छ ।छत्रदेब गाउँपालिकाले सर्वपक्षिय रुपमा राय सुझाव लिएर ५ ओटा बिषयगत समितिमा बिस्तृत छलफल गरि स्वास्थ्य, शिक्षा, कृषि , भौतिक पुर्वधार , खानेपानी , रोजगारी , लगायतलाई समेटि २१ पृष्ठ लामो निति तथा कार्यक्रम सर्व सहतिले पास गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेले जनाकारी दिनु भयो ।२०७४ सालमा निर्बाचनको बेलामा नागरिकमाझ गरेका ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुरगरेको उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले बताउनु भयो ।

No description available.

निति तथा कार्यक्रमा लिप्टििन खानेपानीको ३३ प्रतिशत बिधुत महसुल गाउँपालिकाले तिरीदिने भएको छ । बादर बदेललाई नियन्त्रण गर्ने उदेश्यले जंगलमा फलफुल खेती गर्ने , र सामुदायिक बनमा बहुमुल्य जडीबुटी लगाउने , निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मथुरमलाई कृषि पकेट क्षेत्र बनाउने , खनौ आफनै माटो छोडौँ बिदेशको माटो , स्वास्थ्य स्वयम सेबिकालाई निशुल्क स्वास्थ्य बिमा गरिेने ,बालबालिकालाई बिद्यालय पठाउ, सिकाउ र टिकाउ अभियान चलागने ,बिद्यालयकर्मचारीह रुलाई सेवा निबृत हुदा केहि अनुदान दिने गरि कोष स्थापना समेत गरिने उल्लेख गरिएो छ ।

No description available.
छत्रदेबको नितितथा कार्यक्रममा स्वास्थयलायई प्रभावकारी बनाउन बल्कोटमा १५ शैयाकको अ स्पताला सेवा सुबिधामा बृद्धि गदै स्वास्थ्य चौकीलाई जनशतिm र स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने पालिकाले जनाएको छ। ११ औ गाउँ सभामा उपाध्यक्ष तुल्सादेबि श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ , सबै गाउँ सभाकका सदस्य , कर्मचारी, सचारकर्मी लगायतको उपस्थिति रहेका थियो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close