बुर्किनामा हिंसात्मक घटना एउटै गाउँका १ सय ३२ जनाको हत्या

काठमाण्डौ ।बुर्किना फासोमा सशस्त्र समूहले आक्रमण गर्दा १सय ३० जना मृत्यु भएको छ । उत्तरी भागमा पर्ने सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारहरुमा आगजनी समेत गरेको जनाएको छ।पछिल्ला वर्षहरुमा बुर्किनाफासोमा हिंसात्मक घटना बढेको तर नियन्त्रणका प्रयासहरु भने भइरहेको त्यहाँका सरकारी अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार बुर्किनोफासोको एक गाँउ सोलहानमा रातभर भएको आक्रमणमा स्थानीय पसल तथा घरहरु जलेर नष्ट भएका छन् ।बुर्किना फासोमा केही समयदेखि इस्लामी समूहहरूको हमला बढिरहेका छन् । सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close