लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज खड्का र पाण्डेय चुनावी मैदानमा

काठमाण्डौं । अर्घाखाँची बाट माओवादी केन्द्रबाट विजयी चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा राष्ट्रियसभामा रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको राजधानी दाङमा निर्वाचन हुन लागेको हो ।राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा रहनुभएको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २सय१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।
कमेन्ट गर्नुहोस !