पार्टी भित्र बाटै असयोग भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भईरहेको बताउनुभएको छ ।तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भईरहेको बताउनुभयो ।
उहाँले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।उहाँले भन्नुभयो, तिनले खाएको शपथ झुटो हो, तिनका सपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त । तिनले कहाँ–कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छ । नेतृत्व तह अनुशासनहिन र अराजकतामा उत्रिन्छ । सम्माननीय राष्ट्रपतिज्युकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नु भएछ गर्वसाथ । सरम छैन ।नेताहरुले पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उहाँले बताउनुभयो । आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !