अर्घाखाँचीमा थप ४९ जनामा कोरोना पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १८ जना,शितगंगा नगरपालिकामा १ जनामा मालारानी गाउँपालिकामा ३ जनामा ,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित हाल सम्म जिल्लामा संक्रमितको संख्या १५ सय २० पुगेको छ भने ८ सय ६२ जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ६ सय २२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । यता पछिल्लो २४ घण्टामा कोरोना बाट जिल्लामा कसैको मृत्यु भएको छैन । कोरोना कारण जिल्लामा हाल सम्म मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close