गाडीमा चढ्दा मास्क नलगाउँने लाई चढ्न नदिने

काठमाण्डौ ।आजदेखि लागु हुने गरि सरकाले गाडी चढ्ने समयमा मास्क नलगाउनेलाई गाडीमा चढ्न नदिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ । चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।
यस्तै चालक वा सहचालकले आफ्नो गाडीमा मास्क बेच्न पाउँने भएका छन । जसको मुल्य पनि तोकिएको छ बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने अधिकार सरकारले दिएको छ। विशेष गरि अब देखि बिच बाटो बाट यात्रु चढाउन नपाउँने गन्तव्यमा पुग्ने यात्रु लाई चढाउन पााउँने छन् ।यात्रुको बारे सम्पुर्ण जानकारी लाई सम्बन्धीत जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने छ ।
यस्तै लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close