मालारानी-५ की महिलाको कोरोना संक्रमणबाट मृत्यु

अर्घाखाँची।बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेकी अर्घाखाँची घर भएकी एक कोरोना संक्रमितको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर ५ की ७९ वर्षीया महिलाको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९:५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनमा ज्वरो, दम, निमोनियाको समस्या रहेको बताइएको छ ।
यो सँगै कोरोनाबाट आजै सो अस्पतालमा तीन जनाले ज्यान गुमाएका छन् । केही दिन यता देशभर संक्रमणको दर बढेर गएको छ ।
कमेन्ट गर्नुहोस !