कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित

कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेकजाँचबिना काठमाडाै भित्रनेको संख्या बढ्दो अवस्थामा रहेको छ ।

राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ ।यता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले प्रहरीको एक्लो प्रयासले यो समस्या समान गर्न नसक्ने भएकाले सबै निकाय चनाखो हुनुपर्ने बताउनुभयो । ‘सुरक्षा निकायको काम भनेको सुरक्षा दिने हो । हामीले सुरक्षा दिएका छौं, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई नाकामा के गर्ने भनेर पत्राचार गरेका छौं ।’ –एसएसपी सिंहले भन्नुभयो ।

सीसीएमसीले दिएको निर्देशन परिपालना गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।राजधानी भित्रने यात्रु तथा सवारी चालकमा समेत कोरोना संक्रमणबाट बच्ने बारेमा सचेतना नहुनुले पनि राजधानीमा कोरोना संक्रमण बढ्ने अवस्था देखिएको छ । यात्रुले मास्कको प्रयोग नगर्दा समेत प्रहरी प्रशासन मूकदर्शक भएर बसेको देखिन्थ्थो ।-नेपाल समाचारपत्रबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close