मालारानीका बृहत योजना तर्जुमा ५० वटा योजना प्राथामिकतामा

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको बृहत योजना तर्जुमा तथा दिर्घकाली सोच तयारी कार्यशाला गोष्ठी कार्यक्रम बर्दियामा सम्पन्न गरेको छ ।सम्पन्न गोष्ठीले अबको २५ वर्ष भित्रमा गाउँपालिका लाई पुर्ण रुपमा समृद्व बनाउँनको लागि मुख्य भुमिका खेल्ने गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।जसअन्तर्गत पहिलो चरणमा ५ वर्षीय योजना तय गरेको छ भने ५० वटा योजना लाई समावेश गरेर अगाडी बढ्ने निर्णय भएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो।
गाउँपालिका लाई कृषि र पशुपालन ,सहकारी मार्फत गाउँपालिका लाई आर्थिक समृद्ध बनाइ पर्यटकीय क्षेत्रको विकास लगायका योजना बनाएको बताइएको छ ।गाउँपालिकाले कार्यशाला गोष्ठी ९० जनाको टोली बाट बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा गरिएको हो ।जसमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष ,वडा सदस्य,विभिन्न राजनितिक दलका प्रतिनिधि,विभिन्न गाउँपालिका भित्र गठन गरिएका समितिका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।गाउँपालिका लाई यो वर्ष प्रदेशका विभिन्न कार्यक्रम मा सहभागीता जनाउँन अनिवार्य सोहि गोष्ठी गर्न पर्ने आवश्यक थियो ।
भ्रमण शिर्षकको रकम बाट गाउँपालिकाले बृहत योजना तर्जुमा गोष्ठी गरेको हो । गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा. ईश्वर गौतम, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राडा. गोविन्दराज पोख्रेल, लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली, इन्द्रमणि पौडेल, गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेलले प्रशिक्षण दिनुभएको हो। सोहि अवसरमा गाउँपालिकाले बर्दियाको ठाकुरबाबा नगरपालिका र मधुबन नगरपालिका सँग प्रत्यक्ष विकासका गतिविधि संग अनुभव साटासाट गरि अबको विकास योजनाको तयार पनि गरेको हो ।
गाउँपालिको नारा पनि परिवर्तन गरेको छ ।
”कृषि, पर्यटन र सहकारी समृद्वी मालारानी
यस्तै
गाउँपालिका भित्र रहेका कुल ९ वटा वडा मध्ये २,३,४,७,८ वडा बाख्रा पकेट क्षेत्र ,१ वडा बेसार खेती,५ वडा तरकारी खेती,६ र ९ वडा फलफुल पकेट क्षेत्र हुनेछन ।यसको लागि आवश्यक खण्डमा थप छलफल गर्ने बताएको छ ।शैक्षिक क्षेत्रमा कुल ६३ वटा बिद्यालय मध्ये ३२ वटा बिद्यालय लाई मर्च गर्ने लगायतका बुदा पनि प्रमुख बुदामा समावेश गरिएको छ ।
कमेन्ट गर्नुहोस !