युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठ टिमको टुंगो

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको छ। बुधबार राति अन्तिम १६ को अन्तिम २ खेलको नतिजा आएसँगै क्वार्टरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो।

अन्तिम आठमा इंग्ल्यान्डका सबैभन्दा बढी तीन टिम पुगेका छन्। यस्तै जर्मनीका दुई टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
पोर्चुगल, स्पेन र फ्रान्सका एक-एक टिममा पनि अन्तिम १६ मा पुगेका छन्।

साविक विजेता वार्यन म्युनिखले इटालियन क्लब लाजियोलाई पछि पार्दै अन्तिम आठमा स्थान बनायो।

यस्तै इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एटलान्टा र इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखलाई हराएर अन्तिम आठमा स्थान पक्का गरे।

यसैगरी पोर्चुगिज क्लब पोर्टोले इटालियन क्लब युभेन्ट्सलाई,   जर्मन कलब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभिया, इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब लाइपजिग र फ्रेन्च क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरे। अन्तिम आठमा पुग्ने टिमको ड्र शुक्रबार हुनेछ।

अन्तिम आठमा पुग्ने टिमहरू 
वार्यन म्युनिख (जर्मनी), बोरुसिया डर्टमुन्ड (जर्मनी), चेल्सी (इंग्ल्यान्ड), म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), लिभरपुल (इंग्ल्यान्ड), पिएसजी (फ्रान्स), रियल म्याड्रिड (स्पेन) र पोर्टो (पोर्चुगल)

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close