दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा इङ्ग्ल्याण्ड ७ विकेटले पराजित

काठमाण्डौ ।भारतमा भएको दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा इङ्ग्ल्याण्ड पराजित भएको छ । गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १३ बल बाँकी छँदै भेट्टायो ।

भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।डेब्यु खेलाडी किशानले ५६ रन बनाए भने कोहलीले ७३ रनको योगदान गरे । यस्तै, ऋषभ पन्तले २६ रन जोडे । इङ्ग्ल्याण्डका लागि साम करण, क्रिस जोर्डन र आदिल राशीदले एक /एक विकेट लिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close