नेकपा माओवादीद्वारा बादलसहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव

काठमाण्डौ ।आज बाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरु उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close