अब दैनिक दुर्गाफाँटदेखि काठमाडौंसम्म हाईस सन्चालन

अर्घाखाँची । आधुनिक र गुणस्तरीय यातायातको सेवा प्रदान गर्ने उद्वेश्यले अब दैनिक रुपमा अर्घाखाँचीको दुर्गाफाट देखि बुटवल हुँदै काठमाडौं सम्म हाईस सेवा सन्चालन हुने भएका छन् । देउराली यातायात अर्घाखाँची प्रालिको प्रस्तुतिमा पाणिनी हाईस सेवा सन्चालनमा आएसँगै दुर्गाफाँट देखि काठमाडौंसम्म र काठमाडौं देखि दुर्गाफाँटसम्म दैनिक रुपमा हाईस सेवा सञ्चालन भएको पाणिनी हाईस सेवाका सन्चालक तथा गाडी धनी अर्जुन पोख्रेल “संघर्ष”ले जानकारी गराए । हाईस दुर्गाफाँट-पोखराथोक-पणेना-मेहलढाप-छहरा-हार्थोक-तानसेन-बुटवल हुँदै काठमाडौंका लागि छुट्ने छ ।
दैनिक रुपमा सन्चालन हुने हाईस दुर्गाफाँटबाट बिहान ५ : ३० बजे र हार्थोकबाट ८;४५मा काठमाडौंको लागि छुट्नेछ । यस्तै काठमाडौंबाट पनि बिहान ५ : ३० बजे छुट्ने हाईस बुटवलबाट दिउँसो २:३० मा र पाल्पाबाट दिउँसो ४ बजे दुर्गाफाँटको लागि छुट्ने छ । यात्रुहरुको सहजताका लागि पणेना, हार्थोक, तानसेन, बुटवल लगाएतका स्थानमा सम्पर्क कार्यालय स्थापना गरिने सन्चालक पोख्रेलले बताए ।
कमेन्ट गर्नुहोस !