अर्घाखाँचीमा पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने आधुनिक मेसिन जडान

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने आधुनिक मेसिन जडान गरिएको छ ।
राट्रिय क्षयरोग नियन्त्रण ठिमी भक्तपुरको सहयोग तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला शाखाको सहकार्यमा जिल्ला अस्पताल अर्घाखाँचीमा क्षय रोगको किटाणुको जिन पत्ता लगाउन आधुनिक मेसिन जडान गरेको हो । सरकारको सहयोगमा अस्पतालले क्षयरोगका बिरामीहरुको पहिचान गर्न र किटाणु पत्ता लगाउन जिल्लामै पहिलो पटक जिन ईक्सपर्ट मेसिन मोडुल नामक आधुनिक मेसिन जडान गरी आजदेखि नै क्षयरोगको परिक्षण सुरू गरेको प्रयोगशाला इन्चार्ज राजकुमार बन्जाडेले जानकारी दिनुभयो ।
क्षयरोग परीक्षण गराउँदा बढी खर्च लाग्ने छ तर यस अस्पतालले निःशुल्क रुपमा उक्त परीक्षण गरीने बताएको छ । विगतका दिनहरुमा क्षयरोगको परिक्षण गर्न बुटवल लगायतका क्षेत्रमा जानु पर्ने बाध्यता रहेको थियो । अब जिल्ला मा सेवा विस्तारभएको छ ।यो सँगै समयको पनि बचत पैसाको पनि बचत हुने बताईको छ ।साथै कसैलाई यो रोग सम्बन्धी लक्षयण देखा परेमा पनि चेक जाँच गराउन सकिने स्वास्थ्य कार्यालय अर्घाखाँचीका क्षयरोग फोकल प्रसन विजय बि.क. ले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !