अर्घाखाँची प्रहरीले आगजनी र तोडफेड गर्नेलाई कारवाही गर्ने

सागर महत,असोज ०५,अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भदौ २४ गते भएको जेनजी आन्दोलनको बेला आगजनी र तोडफेड गर्नेलाई कानुनी कारवाही गर्ने भएको छ ।सरकारी कार्यालय,पार्टी कार्यालय र निजी घरमा आगजनी, तोडफोड गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही गर्ने भएको छ ।

जसको लागी प्रहरीले अहिले भिडियो र फोटो संकलनको काम अन्तिम चरणमा पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो ।


यस्तै प्रहरीले जिल्लामा विभिन्न अभियोगमा फरार रहेका ९४ प्रतिशत फरार प्रतिवादी पक्राउ गर्न सफल भएको बताउनुभएको छ ।ज्यान मार्ने मुद्वाका घटनामा १ वर्षमा ८ जनालाई पक्राउ गरिएको छ । १३हजार १सय ५२ वटा गोष्ती परिचाल गरिएको प्रहरी नायव उपरिक्षक मल्लको भनाइ छ ।महिला बालबालिका तर्फका कसुरमा ९७ प्रतिशत पक्राउ गरिएको उहाँको भनाई छ ।


यस्तै आत्महत्या र लागु औषधका मुद्वामा पनि केहि कम आएको जनाएको छ । अर्घाखाँचीबाट सरुवा हुनुभएका मल्लको चितवनमा सरुवा भएको छ ।१ वर्षको अवधिमा जिल्लाको शान्ती सुरक्षा तर्फ सबै तर्फबाट सहयोग पाएको बताउनुभएको हो ।कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य समेत राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close