सन्धिखर्कमा स्मृतिसभा गरि मनाइयो शहीद शोभाखर धनञ्जयको ३९औं स्मृति दिवस

गोपाल प्रसाद भट्टराई ,भाद्र १२अर्घाखाँची ।
शहीद शोभाखर धनञ्जय (सरोज शर्मा)को ३९औं स्मृति दिवसको अवसरमा बुधबार सन्धिखर्कमा श्रद्धाञ्जलि सभा गरीएको छ । नेकपा (मसाल_ र राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्क मसाल बजारमा सम्पन्नस्मृतिसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्म्मन केसीले स्व. धनञ्जयको क्रान्तिकारी योगदान, साहस र निष्ठालाई स्मरण गर्दै वर्तमान पुस्ताका लागि उहाँ प्रेरणाको श्रोत रहेको बताउनुभएको छ ।
नेकपा(मसाल_का जिल्ला प्रवक्ता पशुपति ढकालको अध्यक्षता र राष्ट्रिय जनमोचाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष गोविन्द विसी, जिल्ला सदस्य कृष्ण खनाल, शालिकराम बन्जाडे, स्थानिय नेता शोभाखर भुसाल, कृष्ण बहादुर आले, जनक पून, तुल्सी गैरे, सिद्धि भट्टराई, राम प्रसाद पन्थी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
“शोभाखर धनञ्जयले आत्मकेन्द्रित जीवन नरोजेको, उहाँ जनताको पक्षमा उभिएकोले आज पनि धनन्जयको योगदान सम्झना योग्य रहेको नेताहरुले बताएका छन् । कार्यक्रममा धनञ्जयको तस्वीरमा माल्यार्पण, पुष्प अर्पण, एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो वि.सं .२०४३ साल भदौ ११ गते दिल्लीमा रहस्यमय तरिकाले हत्या गरिएका धनञ्जय तत्कालीन नेकपा (मसाल) र प्रगतिशिल पत्रकार, लेखक तथा विचारशील कार्यकर्ता रहेको नेताहरुले बताएका छन् ।उहाँले ’हाँक साप्ताहिक’ मार्फत गरिब, मजदुर, उत्पीडित वर्गको आवाज बुलन्द गरेको उनिहरुको भनाई छ ।
कमेन्ट गर्नुहोस !