रास्वपा सभापति लामिछानेलाई थुनामै पठाउने आदेश

रुपन्देही साउन २६। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश आएको छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गर्नुभएको हो ।
लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिनुभएको थियो ।उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सापकोटाको इजलासले थुनामै राख्न आदेश दिएको हो।
कमेन्ट गर्नुहोस !