दुर्गम गाउँठाउँका बिरामीको मन जित्दै डाक्टर शाह

सुर्य प्रसाद भुसाल,साउन १२ अर्घाखाँची ।
मानिसका लागी स्वास्थ्य जिवनको महत्वपुर्ण सवाल हो । मानिसले जुनसुकै कुरामा सम्झौता गर्ला तर आफ्नो स्वास्थ्य र रोग संग कहिल्यै सम्झौता गर्दैन् ।किनकि उसलाई सवै भन्दा चिन्ता लाग्ने आफनो स्वास्थ्य हो । प्राय सवै मानिसहरुले भरपर्दो डाक्टर र बिश्वाशिलो अस्पतालको खोजी गर्दछन् । आम नागरिकहरु नै स्वास्थ्यको गुणस्तरियताको खोजीमा लागेका हुन्छन् । त्यसै मध्येका अर्घाखाँची जिल्लालाई आफ्नो कार्यक्षेत्र वनाएका डाक्टर हुन अशोक शाह । डाक्टर अशोक निकै सफल,असल,अनुभवी र सहज डाक्टर भएको अर्घाखाँचीका धेरै नागरिकहरुले बताउन थालेका छन् ।

२०४७ साल चैत्र ७ गते सप्तरी जिल्लामा जन्मिएका अशोक शाह सानैदेखी लगनशिल,अनुसासित,श्रृजनशिल,र पढाईमा राम्रो उत्कृष्ट मध्येका बिधार्थी थिए । स्थानिय गाउँको केशव स्मारक मावि टिकुलिया बाट माध्यमिक तहको शिक्षा २०६३ सालमा उर्तिण गरि काठमाण्डौको पिनाकल कलेजबाट साईन्स बिषयमा कक्षा १२ उर्तिण गरी वगंलादेशबाट मेडिकल बिषय अध्यान गरि उनी सानै उमेरमै डाक्टर बन्न सफल भएका हुन ।
२०७९ सालमा एमबिबिएस पास गरे संगै अर्घाखाँची अस्पतालमा सेवाका लागी आएका डाक्टर अशोक शाह छोटो समयमै अर्घाखाँची गुल्मी र प्युठान का बिरामीको बिचमा बिश्वास जित्ने एउटा सफल एमडिजिपी डाक्टर हुन सफल भएका हुन ।
३६ बर्ष का युवा डाक्टर शाहा बिरामीहरु सग निकै मिठो वोल्छन्,बिरामी संग धेरै बेर कुरा गर्दछन्,खास समस्या र बिरामीको अवस्था वारे मसिनो गरि बुझ्नका लागि सोँधपुछ गर्दछन्,आफुलाई बिश्वास नलागे सम्म समयको कुनै प्रभाव नगरी लामो कुराकानी र छलफल गरेपछि मात्रै सिमित औंषधि लेख्छन ।
उपचारका लागी उनका अगाडी विरामी वस्ना साथ बिरामीहरुलाई आफ्नो पन झल्कने कारण धेरै बिरामीहरुको मन जित्न सफल भएका छन् डक्टर अशोक शाह । अहिले ठुला देखि साना सम्मलाई शतहाले निको पार्ने गरेको जिल्ला बासि बताउछन ।
उनको स्वभाव र गुणका कारण अर्घाखाँची अस्पतालमा रहदाँ पनि सबै को रोजाई मा पर्ने डाक्टर शाहा अहिले जिल्ला अस्पताल छोडी सन्धिखर्क पोलिक्लिनिकमा सेवा प्रवाह गरिरहदा पनि उनै डाक्टरलाई बिरामीले उतिकै खोजी गरि भेटन आउछन ।
उनी संग सेवा लियर फर्किएका बिरामीहरु भन्छन् ‘हामीहरुलाई उनले गरेको उपचार बाट पुर्ण रुपमा सन्तुष्ट छौँ, पाणिनि घर बताउने एक जना महिला कल्पना गौतमले भनिन ‘म लामो समयदेखी बिरामी थिए धेरै औषधी खाए धेरै ठाउँ गए ठिक भएन् तर डाक्टर अशोकलाई चेक गरेपछि मलाई अहिले सन्चो भएको छ ।

उनी अहिले क्लनिकमा बिरामीको उपचारमा बिहानदेखी साझ सम्म ब्यस्त नै देखिन्छ उनलाई भेटन् र सल्लाह गर्न आउनेको प्राय लाईन नै देखिन्छ ।उनको आफ्नै खालको स्वाभाव छ । वोलीमा आफ्नोपन छ । जहाँ काम गरिन्छ त्यहाँ जिम्मेवारी पुर्वक काम गर्नुपर्छ भन्ने मान्यता वोकेका सधै बिरामी प्रति उतरदायी र जवाफदेही हुने जतिवेला पनि सेवा दिन तत्पर हुने सहज डाक्टर हुन् ।
स्वास्थ्यसेवा प्रवाहका लागी जतिवेला पनि हस्पिटल,क्लिनिक जहाँ भए पनि तयार नै भएको देखिन्छ । सेवा प्रवाह गरिरहदा कहिँ समस्या देखिए आफ्नो टिम संग समेत आवश्यक सल्लाह गरि उपचार प्रकृयालाई अगाडी बढाउछन् ।गरिव दुखी असाय हरु देखी पहुँचवालाहरु सवैलाई उनले एकैनासको ब्यवहार गर्दछन् ।

जिवनमा छात्रवृति वाट अध्ययन गर्दा सोही अनुसारको मेहनतले डाक्टर हुदाँ खुसी लागेको भन्दै डाक्टर अशोकले आफ्नो कर्मबाट कहिल्यै पछाडी नहट्नु सवै बिरामीहरुलाई आफ्नो परिवारको सदस्य सरह मानी उपचार र सल्लाह दिनुपर्ने मान्यता राख्नुहुन्छ ।
आफ्नो जिवनको प्रेरणादायी ब्यक्तित्व कृष्ण प्रसाद पंडित र सम्झना आईरहने बिरामी टपेन्द्र टन्णडन हुन डाक्टर अशोकले भने,‘ म बिरामीको सेवक हु,सधैँ सेवा गर्न पाईरहु,उपचारका क्रममा कहिलेकाँही विरामीलाई जटिल समस्या आउन सक्छ यहाँका प्रविधीले उपचार सम्भव नहुन सक्छ,तरपनि म कुनै पनि विरामीलाई उपचारका लागी जिल्ला भित्र सम्भव भएन भने वाहिर पठाईसकेको सवालमा पनि अनेक तवरले सहयोग गरेको छु,गर्छु र गर्नपर्छ यो मेरो मान्यता हो’।
बिरामीका लागी अस्पताल मन्दिर हो,डाक्टर भगवान हुन,सोही मान्यता अनुसार सवै डाक्टर र स्वास्थ्यकर्मिले बिरामीको सेवामा सर्मर्पित हुन जरुरी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close