बाँदर, बँदेल नियन्त्रण र शितगंगामा इलाका प्रशासन कार्यालय माग गदैं अर्घाखाँची कांग्रेस काठमाण्डौं पुग्यो

अर्घाखाँची,साउन ११। नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रण र शितगंगा नगरपालिकामा इलाका प्रशासन माग सहित गृह मन्त्रालय पुगेको छ ।किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै तत्काल पहलकदमी लिन आग्रह गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु खनाल (मुस्कान) ले जानकारी दिनुभयो ।
यस अघि जिल्ला प्रशासन कार्यालयबाट ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो ।

गृहमन्त्री रमेश लेखकलाई भेटेर टोलीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो ।अर्घाखाँची नेपाली कांग्रेस सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रण र शितगंगा नगरपालीकामा इलाका प्रशासन राख्न माग राखिएको छ ।ज्ञापनपत्र बुझाउन कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्लासभापती श्रेष्ठ कांग्रेस प्रदेश प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, तारा श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गिता भाट, महिला नेतृ सिता भुसाल, रेमकला खत्री, खिम अधिकारी लगायतको टोली गएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close