अर्घाखाँचीमा काठ दाउरा बिक्रीबाट सामुदायिक वनले ६ करोड ३९ लाख बढी आम्दानी गरे

सन्धिखर्क,साउन ०१ ।अर्घाखाँचीमा यस वर्ष काठ दाउरा बिक्रीबाट सामुदायिक वनले ६ करोड ३९ लाख ५० हजार ७सय ३९ रुपँया आम्दानी गरेका छन ।डिभिजन वन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८१/८२को बार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले यस्तो जानकारी दिनुभयो।वनको आम्दानीको रकम ७५ प्रतिसत वनमा आबद्व समुहले प्राप्त गर्ने गरेको र अन्य २५ प्रतिशत रकम प्रदेश सरकारलाई जम्मा हुने गरेको उहाँको भनाई छ ।वनको आम्दानीबाट प्राप्त हुने रकमबाट सामुदायिक वनले विकाश निर्माणको काम गर्दै आएका छन।


यो आर्थिक वर्षमा कार्यक्रम अन्तर्गत वित्तिय प्रगति ९५ .६७ प्रतिशत र प्रशासनिक तर्फ ८५.५४ प्रगति भएको श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले अर्घाखाँची र कपिलबस्तुको सिमा विवादका कारण वन क्षेत्रमा पनि समस्या हुँदै आएको र आगामी दिनमा यसलाई समधान गरेर जाने बताउनुभयो।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले अब वन क्षेत्रमा आम्दानी हुने बोट विरुवा रोपण गर्नुपर्ने विषयमा जोड दिनुभएको हो ।अर्घाखाँचीमा यो आर्थिक वर्षमा विगत भन्दा ९० प्रतिशत कम आगलागीका घटना भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो ।

यो वर्ष मौसम लगायत सबैको साथ सहयोगमा आगलागीका घटनामा कमी आएको उहाँले बताउनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति हरि प्रसाद भुसाल,नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले सिमा विवाद ,सल्लोको रुख व्यवस्थापन लगायतका विषयमा सुझाव दिनुभएको हो ।

यस्तै पत्रकार सागर महत यश वर्षको डढेलो नियन्त्रण सम्बन्धि पुरस्कारबाट डिभिजन वन कार्यालय अर्घाखाँचीबाट समानित हुनुभएको छ।रेडियो देउराली,ईमेज टेलिभिजन,सबैको संदेश डटकम अनलाइन लगायतका मिडियामा आबद्द महतलाई वन डढेलो नियन्त्रणमा टेलिभिजन ,रेडियो र अनलाइनका माध्यमबाट डढेलो नियन्त्रण सम्बन्धि समचार,रिपोर्ट ,अन्तरबार्ता ,जिगंल उत्पाद्न र प्रसारण जस्ता गतिविधि गरेर समुदाय स्तरमा संचार माध्यमबाट पुर्याएको योग्दानका आधारमा नगद सहित सम्मान गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।

सामुदायिक वन तर्फबाट पावरा सामुदायिक वनलाई नगद सहित सहित सम्मान गरिएको हो ।कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता,जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराल को अध्यक्षता डिभिजन वन कार्यालय अर्घाखाँचीका बरिष्ठ वन अधिकृत गणेश थारुको स्वागत मन्तव्य र सुचना अधिकारी केशर खड्काको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close