प्रचण्ड तथा माधवले व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गरियो भन्नु नै झुटको खेलमात्र होः भुसाल

अर्घाखाँची ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गरियो भन्नु नै जनता झुकाउने काम मात्र गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य भेषराज भुसालले बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा जनपत्रकार संगठनद्धारा आयोजित पत्रकार संम्मेलनमा बोल्दै नेता भुसालले यस्तो बताउनुभएको हो ।यस्तै जनताको जनमत प्राप्त गरेर सत्तामा पुगेका नेताहरु सत्ता प्राप्त भएपछि जनताका समस्या समधान भन्दा पनि आफुहरु कता बाट कमाउने धन्दामा विकास गर्न सकिन्छ भनेर लागेको आरोप लगाउनुभएको छ । उहाँले अहिलेको आवश्यकता नै वैज्ञानीक समाजवाद भएकाले सोही मार्गमा लाग्ने कुरामा जोड दिनुभयो ।यो समय सम्म आउँदा नेपाल कम्युनिस्ट पार्टीका अझै पनि १सय भन्दा बढी कार्यकर्ता विभिन्न मुद्वामा जेल भएकाले ति व्यक्तीहरु लाई छिटोभन्दा छिटो जेल मुक्त गर्न आफुहरु लागि परेको केन्द्रिय सदस्य भुसालको भनाई छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलबस्तु ईन्चार्ज पदम केसी, जिल्ला सेक्रेटरी खेम घर्तीमगर, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नबिन खड्का, पार्टी सल्लाहकार टामलाल बस्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सचिब तथा जिल्ला इन्चार्ज अनिल नेपालीको अध्यक्षता र जिल्ला सदस्य गिरिजा खड्काको सञ्चालनमासम्पन्न भएको होे ।
कमेन्ट गर्नुहोस !