सिद्धबाबा मन्दिर नजिकै सडकमाथिबाट खसेको पहिरोमा परेर एक जनाको मृत्यु

बुटवल । पाल्पाको सिद्धबाबा मन्दिर नजिकै सडकमाथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर ६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।
बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाई घाइते भएकी छन् । तिनाउ ३ हेडवक्स नजिकै भएको दुर्घटना लगत्तै उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए । सडकमाथि भिरबाट पहिरो आएर लाग्दा जनक सडकदेखि तल खसेका थिए ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले बर्खाको समयमा बुटवल–पाल्पा लगायतका विभिन्न सडकहरुमा रातीमा यात्रा नगर्न सूचना जारी गर्दै रोक समेत लगाएको छ ।
कमेन्ट गर्नुहोस !