शितगंगामा महिलाको आर्थिक सशक्तिकरणका लागि ७ दिने हस्तकला तालिम सम्पन्न

शितगंगा ,असार ०७ ।अर्घाखाँची शितगंगा नगरपालिका वडा नं। १४ का महिलाहरूलाई लक्षित गरी  निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागीताका लागि क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तिकरण कार्यक्रमू अन्तर्गत सात दिने हस्तकला तालिम सम्पन्न भएको छ।नेपाल चेतना केन्द्र (NCK) को आयोजना र टेवा नेपालको सहयोगमा आयोजित सो तालिम प्लास्टिक तथा कागजबाट सजावटका सामग्री निर्माणू विषयमा केन्द्रित थियो। तालिममा ३० जना सहभागी र ३ जना प्रशिक्षक रहेका थिए।

समापन समारोहमा शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले महिलाहरूको आत्मनिर्भरता सुनिश्चित गर्न उनीहरूको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।त्यस्तै, पूर्व सांसद तथा नेपाल चेतना केन्द्रकी संस्थापक अध्यक्ष निर्मला क्षेत्रीले जबसम्म महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक पहुँच विस्तार हुँदैन, तबसम्म देशको समृद्धि सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष दामोदर न्यौपाने, हेफर नेपाल बुटवल क्षेत्रीय कार्यालयका सिनियर प्रोग्राम म्यानेजर प्रेम साम्वयु, रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्री, गंगाजल सहकारीका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य सिता दर्लामीले राख्नुभयो भने सञ्चालन गंगाजल कृषि सहकारी प्रबन्धक कृष्णा दर्लामीले गर्नुभएको थियो।

सात दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागी महिलाहरुलाई समापन समारोहका अवसरमा प्रमाण–पत्र प्रदान गरिएको थियो। आयोजक संस्थाका अनुसार कार्यक्रमले महिलाहरुलाई भविष्यमा स्वरोजगार र सामूहिक उद्यममार्फत आत्मनिर्भर बन्ने मार्गमा प्रेरणा दिने उद्देश्य राखेको छ।

नेपाल चेतना केन्द्रले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close